logo

२०८३ साउन १३ बुधबार

वर्षाका कारण खेल हुन नसक्दा नेपाल इमर्जिङ कपबाट बाहिरियो

वर्षाका कारण खेल हुन नसक्दा नेपाल इमर्जिङ कपबाट बाहिरियो


हाम्रो राष्ट्र
  • शनिबार, २ असार २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । एसीसी वुमन्स इमर्जिङ टिम्स एसिया कपबाट नेपाल बाहिरिएको छ । लगातार दुई खेल वर्षाका कारण प्रभावित हुँदा नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपाल दोस्रो खेलमा भारतसँग बर्षाका कारण अंक बाँडेको थियो ।

    तेस्रो तथा अन्तिम समूह चरणको आजको खेल पनि वर्षाले प्रभावित हुँदा एक खेलमात्रै खेलेर नेपाली टोली बाहिरिन पुग्यो । आज विहान पौने सात बजे हङकङविरुद्ध खेल्नु पर्ने तय थियो । तर वर्षाका कारण खेल हुन नसक्दा दुवै टिमले अंक बाँड्न पुगे । योसँगै भारत र पाकिस्तान सेमिफाइनलमा पुग्दा नेपाल र हङकङ भने बाहिरिएका छन् ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend