logo

२०८३ साउन १३ बुधबार

नयाँ जहाज किन्ने तयारी भइरहेको छ, घाटा खाएर पनि नागरिकलाई सेवा दिन्छौँः मन्त्री किराती

नयाँ जहाज किन्ने तयारी भइरहेको छ, घाटा खाएर पनि नागरिकलाई सेवा दिन्छौँः मन्त्री किराती


हाम्रो राष्ट्र
  • शनिबार, २ असार २०८०
  • 1.2K
    SHARES

     

    ललितपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन क्षेत्रका माध्यमबाट देश समृद्ध बनाउनुपर्ने बताएका छन् ।

    नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाले शनिबार आयोजना गरेको ‘ललितपुर पत्रकारिता’ विमोचन कार्यक्रममा मन्त्री किरातीले देशको महत्वपूर्ण क्षेत्र पर्यटन क्षेत्र भएकाले जहाजको खरिद गर्नुपर्ने आवश्यकता भएको बताए । ‘नयाँ जहाज किन्ने तयारी भइरहेको छ । घाटा खाएर पनि नागरिकलाई सेवा दिन्छौँ’, उनले भने ।

    जहाज उडानका लागि विभिन्न नयाँ रुटका विषयमा कुराकानी भइरहेको मन्त्री किरातीले बताए । ‘कनेक्सन फ्लाइटबाट विदेशबाट आउनेलाई सिधै गन्तव्यमा जाने व्यवस्था गर्न लागेका छौँ’, उनले भने ।

    सञ्चारकर्मीले असत्य कुरा मात्र प्रचारप्रसारमा बढी ध्यान दिएको उल्लेख गर्दै मन्त्री किरातीले त्यसतर्फ सचेत हुन सबैमा आग्रह गरे । आफूले गरेको कामका बारेमा गलत प्रचार भइरहेको उलने  गुनासो  गरे ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend