logo

२०८३ साउन १३ बुधबार

राजनीतिज्ञमा कमाएर खानुपर्छ भन्ने भावना हुनुपर्छः पूर्वप्रधानन्यायाधीश कार्की

राजनीतिज्ञमा कमाएर खानुपर्छ भन्ने भावना हुनुपर्छः पूर्वप्रधानन्यायाधीश कार्की


हाम्रो राष्ट्र
  • शनिबार, २ असार २०८०
  • 1.4K
    SHARES

    काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राजनीतिज्ञमा कमाएर खानुपर्छ भन्ने भावना हुनुपर्ने बताएकी छन् । शनिबार काठमाडौँमा समाजशास्त्री डा. दिपेश घिमिरेद्वारा लिखित पुस्तक ‘शासन र शासक, नेपाली दुखका विविध आयाम’को लोकार्पण कार्यक्रममा कार्कीले राजनीतिज्ञ भएर जीवनभर पुग्नेगरी कमाएर बस्ने प्रवृतिभन्दा कमाएर खानुपर्छ भन्ने भावना हुनुपर्ने बताएकी हुन् ।

    उनले राजनीतिमा गएर जुकाजस्तो टाँसिएर तीन पुस्ता, चार पुस्तालाई पुग्ने प्रवृत्तिमा परिवर्तन आउनुपर्ने बताइन् । गरिब जनताले सिटामोलसमेत खान नपाउने अवस्था हुँदा सांसद पद पाएपछि लाखौँ दिइरहनुपर्ने प्रवृत्ति पनि समाप्त हुनुपर्ने उनले बताइन् ।

    भ्रष्टाचारमा लिप्त भएकाहरूलाई पाखा लगाएर युवालाई हरेक क्षेत्रमा अवसर दिइनुपर्नेमा पूर्वप्रधानन्यायाधीश कार्कीले जोड दिइन् । कार्यक्रममा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले तीन पटक भन्दाबढी मन्त्री हुन नपाउने, चार पटक भन्दाबढी सांसद बन्न नपाउने व्यवस्था पनि मुलुकको शासन सुधारका लागि अतिआवश्यक रहेको बताए ।

    नेपालमा उपयुक्त लगानीको वातावरण नरहेको र त्यसलाई सुधार्न आवश्यक रहेको बताए। उनले भ्रष्टाचारविरुद्ध सरकारको अभियान सकारात्मक रहेको भन्दै यसलाई सशक्त रूपमा अघि बढाउनुपर्ने बताए।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend