logo

२०८३ साउन १३ बुधबार

ओलीलाई भेटेर वामदेवले भने-एमालेमा काम गर्ने जिम्मेवारी दिनुस्

ओलीलाई भेटेर वामदेवले भने-एमालेमा काम गर्ने जिम्मेवारी दिनुस्


हाम्रो राष्ट्र
  • आइतबार, ३ असार २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफ्नो राजनीतिक योगदान नेकपा (एमाले)मा रहेकाले सोही पार्टीमा रहने इच्छा व्यक्त गरेका छन् ।

    ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा आइतबार भएको भेटमा सांसद गौतमले आफूलाई एमालेमा काम गर्ने जिम्मेवारी दिन अध्यक्ष ओलीसँग आग्रह गरेको प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिए ।

    भेटमा गौतमले आफूलाई पार्टीमा काम गर्ने जिम्मेवारी दिन अध्यक्ष ओलीसँग आग्रह गरेको जानकारी पनि विष्टले दिए । एमालेले ७० वर्ष उमेर हद हटाएपछि राष्ट्रियसभाका सदस्य गौतम पूर्वप्रधानमन्त्री ओलीलाई भेट्न पार्टी केन्द्रीय कार्यालयमा पुगेका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend