logo

२०८३ साउन १४ बिहिबार

नेपाली जनताको समाजवादप्रतिको चाहना पुरा गर्न समाजवादी मोर्चा गठनः महासचिव विप्लव

नेपाली जनताको समाजवादप्रतिको चाहना पुरा गर्न समाजवादी मोर्चा गठनः महासचिव विप्लव


हाम्रो राष्ट्र
  • सोमबार, ४ असार २०८०
  • 988
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाली जनताको समाजवादप्रतिको चाहना पुरा गर्न समाजवादी मोर्चा गठन भएको बताएका छन् ।

    सोमबार काठमाडौँमा समाजवादी मोर्चाको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले नेपाली जनताको चाहना समाजवाद भएकाले सोही चाहना पुरा गर्न चार पार्टी मिलेर समाजवादी मोर्चा नेपाल घोषणा गरिएको बताएका हुन् ।

    उनले अत्यासलाग्दो राजनीतिक परिस्थितिबाट गुज्रिरहेको नेपाल र नेपाली जनताका सामु थुप्रै संकटहरु रहेको बताए । उनले भने,’यो संसार जित्नेहरूको हो । यो देश बनाउने जिम्मा हाम्रो हो । अन्यायविरुद्ध जो लड्न तयार हुन्छ, त्यसले हारेको इतिहास छैन उसलाई हराउने तागत कसैसँग छैन । नेपाली जनताले मुक्तिको बाटो कोर्ने हो कुनै पनि मूल्यमा हाम्रो भविष्य शासक र विदेशीको हुँदैन जनताको हुनेछ ।’

    उनले देशमा युवा पुस्तालाई निराश बनाएर अस्मिता लुट्ने काम भइरहेको बताए । नेपाली स्वाधिन बन्न चाहेको र कुनै पनि देशको गुलाम भएर बाँच्न नचाहेको भन्दै उनले देशलाई अहिलेको परिस्थितिबाट मुक्त गर्न समाजवादी मोर्चा आवश्यक भएको जिकिर गरे ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend