logo

२०८३ साउन १३ बुधबार

कांग्रेसले लिएको नीतिका कारण नै नेपालको श्रम क्षेत्र अहिलेको अवस्थामा पुगेको होः महामन्त्री शर्मा

कांग्रेसले लिएको नीतिका कारण नै नेपालको श्रम क्षेत्र अहिलेको अवस्थामा पुगेको होः महामन्त्री शर्मा


हाम्रो राष्ट्र
  • सोमबार, ४ असार २०८०
  • 1K
    SHARES

    ;'v]{t & kmfu'g sfo{stf{ e]63f6 sfo{qmddf g]sf dxfdGqL zdf{ ;'v]{tsf] jL/]G›gu/df g]kfnL sf+u|]; lhNnf sfo{;ldlt ;'v]{tn] cfof]hgf u/]sf] sfo{stf{ e]63f6 sfo{qmddf dGtJo JoQm ug'{x'Fb} g]kfnL sf+u|];sf dxfdGqL ljZjk|sfz zdf{ . tl:a/M ;'/]z cfrfo{÷/f;;

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी र ट्रेड युनियन कांग्रेसबीच भएको सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशनको उद्घटन समारोहमा उनले पार्टी र ट्रेड युनियनबीच विगतमा भएको सम्झौता कार्यान्वयन गर्न पार्टी नेतृत्व तयार रहेको बताएका हुन् ।

    ‘पार्टीको विधानमा मजदुरसम्बन्धी गरिएको व्यवस्थालाई कार्यान्वयन गर्दै पार्टीमा मजदुरलाई प्रतिनिधित्व गर्न कांग्रेस लाग्छ’, उनले भने । महामन्त्री थापाले कांग्रेस मजदुरलाई सँगसँगै लिएर अगाडि बढ्न चाहेको बताए । ‘मजदुरको तागतले कांग्रेस बलियो बन्छ, कांग्रेस बदलिए देश बदलिन्छ’, महामन्त्री थापाले भने । श्रमिक अस्पताल निर्माणका लागि नेपाल ट्रेड युनियन कांग्रेस सङ्घर्ष गर्न पछि हट्न नहुने उनको भनाइ छ ।

    कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले लिएको सामाजिक न्यायसहित उदार अर्थव्यवस्थाका कारण नेपाली श्रम बजार बढेको बताए । उनले कांग्रेसले लिएको नीतिका कारण नै नेपालको श्रम क्षेत्र अहिलेको अवस्थामा पुगेको स्पष्ट पारे ।

    ट्रेड युनियन ऐन, मौजुदा श्रम ऐन, सामाजिक सुरक्षा कोष लगायतलाई अगाडि बढाउन कांग्रेसले महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ । उनले श्रमिकको मुद्दा आगामी नीति अधिवेशनमा उठाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । “यो देश बन्छ, बनाउन सकिन्छ भन्ने मनोविज्ञानका साथ अगाडि बढ्नुपर्छ”, उनले भने ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend