logo

२०८३ साउन १४ बिहिबार

समाजवाद जालझेल गरेर आउने उपभोग्य वस्तु होइनः बाबुराम भट्टराई

समाजवाद जालझेल गरेर आउने उपभोग्य वस्तु होइनः बाबुराम भट्टराई


हाम्रो राष्ट्र
  • मंगलबार, ५ असार २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले समाजवाद संसदीय अंकगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु नभएको बताएका छन् ।

    चार दल मिलेर समाजवादी मोर्चा घोषण गरिएको प्रति इंगित गर्दै भट्टराईले समाजवाद त उदात्त वैचारिकीको निर्देशनमा उन्नत चेतना र उच्च नैतिक धरातल भएका मानवको लामो सामुहिक प्रयत्नले निर्माण हुने अति उन्नत सभ्यताको चरण भएको बताएका हुन् ।

    उनले कथित समाजवादी मोर्चालाई निजी सत्ता स्वार्थका निम्ति भित्री र बाहिरी शक्तिहरूसँग बार्गेनिङका हतियार बनाउने दुष्कर्म नगर्न पनि आग्रह गरेका छन् ।

    उनले भनेका छन्, ‘समाजवाद संसदीय अंकगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु होइन। यो त उदात्त वैचारिकीको निर्देशनमा उन्नत चेतना र उच्च नैतिक धरातल भएका मानवको लामो सामुहिक प्रयत्नले निर्माण हुने अति उन्नत सभ्यताको चरण हो । कथित समाजवादी मोर्चालाई निजी सत्ता स्वार्थकानिम्ति भित्री र बाहिरी शक्तिहरूसँग बार्गेनिङको हतियार बनाउने दुष्कर्म नहोस् ! केहीलाई सधैं र धेरैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैं ठग्न सकिन्न भन्ने हेक्का रहोस् !’

    सोमबार नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले समाजवादी मोर्चा नेपाल घोषणा गरेका छन् । उनीहरुले राजनीतिक स्थिरताका लागि भन्दै पार्टी एकतासम्मको उद्देश्य राखेर साझा प्रतिबद्धतामा रहेर समाजवादी मोर्चा घोषणा गरेका हुन्

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend