logo

२०८३ साउन १३ बुधबार

राष्ट्रपति पौडेलको मुटुको शल्यक्रिया, राखियो पेसमेकर

राष्ट्रपति पौडेलको मुटुको शल्यक्रिया, राखियो पेसमेकर


हाम्रो राष्ट्र
  • मंगलबार, ५ असार २०८०
  • 1.1K
    SHARES

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरिएको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत राष्ट्रपति पौडेलको मंगलबार दिउँसो छातीको शल्यक्रिया गरिएको हो ।

    अस्पतालका कार्यकारी निर्देशक डा.रत्नमणि गजुरेलले ७२ घण्टाको नियमित निगरानीपछि मुटुको चाल बेला बखतमा कम देखिएकाले विशेषज्ञहरूको सल्लाहबमोजिम शल्यक्रिया गरी पेसमेकर राखिएको बताए ।

    पेसमेकरले मुटुको चाल बनाइराख्ने काम गर्छ । गत शनिबार राति अचानक स्वास्थ्य अवस्था असामान्य बनेपछि राष्ट्रपति पौडेललाई अस्पताल पुर्याइएको थियो । त्यसयता निरन्तर चिकित्सकहरुको निगरानीमा अस्पतालको सीसीयूमा राखेर उपचार भइरहेकोमा मंगलबार दिउँसो छातीको शल्यक्रिया भएको हो । अस्पतालका अनुसार राष्ट्रपतिको मुटुको धड्कनलाई सामान्य राख्न छातीको शल्यक्रिया गरेर स्थायी पेसमेकर राखिएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend