logo

२०८३ साउन १३ बुधबार

भीम सार्कीको अर्धशतक पूरा

भीम सार्कीको अर्धशतक पूरा


हाम्रो राष्ट्र
  • मंगलबार, ५ असार २०८०
  • 897
    SHARES

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत अमेरिकासंगको खेलमा नेपालका भीम सार्कीले अर्धशतक प्रहार गरेका छन् । उनले ९७ बलमा ४ चौकाको मद्दतमा ५० रन पूरा गरेका हुन् ।

    ओडिआई करिअरको भीमको यो तेस्रो अर्धशतक हो । टोलीको स्कोर २५ रन हुँदा ओपनर आसिफ शेख आउट भएपछि भीम ब्याटिङ गर्न आएका थिए । त्यसपछि उनले सम्हालिदै ब्याटिङ गरिरहेका छन् ।

    नेपालले ३७ ओभरमा ४ विकेटको क्षतिमा १६३ रन बनाएको छ । त्यसअघि जिम्बाबेको टाकासिंगा स्पोर्टस् क्लबमा टस हारेर पहिला ब्याटिङ गरेको अमेरिका ४९ ओभरमा २०७ रनमा अलआउट भयो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend