logo

२०८३ साउन १३ बुधबार

शैक्षिक मेला नरोक्न उच्च अदालतको अन्तरिम आदेश

शैक्षिक मेला नरोक्न उच्च अदालतको अन्तरिम आदेश


हाम्रो राष्ट्र
  • बुधबार, ६ असार २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । उच्च अदालत पाटनले हिसान शैक्षिक मेला नरोक्न अन्तरिम आदेश दिएको छ । बुधबार न्यायाधीश टेकप्रसाद ढुंगाना र रमेश ढकालको इजलासले हिसानको पक्षमा अन्तरिम आदेश दिएको हो ।

    उच्च अदालतले संघीय सरकारबाट अनुमति लिइसकेको कार्यक्रमका लागि स्थानीय तहको अनुमति नचाहिने भएकाले मेला नरोक्न अन्तरिम आदेश दिएको हो । काठमाडौं महानगरपालिकाले मेला बन्द गराएपछि उच्च माध्यमिक विद्यालय एशोसिएसन (हिसान) त्यसविरुद्ध अदालत गएको थियो ।

    जेठ ३२ गतेदेखि भृकुटीमण्डपमा सुरु भएको शैक्षिक मेला काठमाडौं महानगरको नगर प्रहरीले स्वीकृति विपरीतसञ्चालन गरेको भन्दै पहिलो दिन नै बन्द गराएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend