logo

२०८३ साउन १४ बिहिबार

ई–सेवा–एभरेष्ट बैंक सहकार्य

ई–सेवा–एभरेष्ट बैंक सहकार्य


हाम्रो राष्ट्र
  • बिहिबार, ७ असार २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । भुक्तानी सेवाप्रदायक कम्पनी ई–सेवाका प्रयोगकर्ताले अबदेखि आफ्नो ई–सेवा खातामा रहेको रकम एटिएम मेसिनमार्फत सहजै झिक्न सक्ने भएका छन्। कम्पनीले एभरेष्ट बैंकसँगको सहकार्यमा ई–सेवा खातामा रहेको रकम एटिएमबाट समेत झिक्न सकिने सेवा सुरु गरेको हो।

    ई–सेवामा रहेको रकम एटिएमबाट निकाल्दा कुनै किसिमको कार्ड प्रयोग गर्नुपर्ने छैन। ई–सेवाका प्रयोगकर्ताले आफ्नो मोबाइलमा आउने ओटीपीमार्फत सहजै एटिएमबाट नगद रकम झिक्न सक्नेछन्।

    यसअघि ई–सेवामा रहेको रकम झिक्न आफ्नो खाता रहेको बैंकमा ट्रान्सफर गर्नुपथ्र्यो। कार्यक्रममा ई–सेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले ई–सेवा प्रयोगकर्तालाई ई–सेवामा रहेको रकम झिक्न अझ सहज होस् भन्ने उद्देश्यले एभरेष्ट बैंकसँगको सहकार्यमा एटिएमबाटै रकम झिक्न सकिने सेवाको सुरु गरिएको बताए।

    एभरेष्ट बैंकका डेपुटी सिईओ विजयकुमार शर्माले ई–सेवाजस्तो नेपालको पहिलो र अग्रणी वालेट कम्पनीसँग सहकार्य गरेर ग्राहकलाई प्राथमिकतामा राखिएको धारणा व्यक्त गरे।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend