logo

२०८३ साउन १४ बिहिबार

दिलिप महतो हत्याका दुई अभियुक्तलाई जन्मकैदको सजाय

दिलिप महतो हत्याका दुई अभियुक्तलाई जन्मकैदको सजाय


हाम्रो राष्ट्र
  • शुक्रबार, १२ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    जनकपुरधाम । धनुषाका दिलिप महतो हत्या प्रकरणमा जिल्ला अदालत धनुषाले दुई जना दोषीलाई जन्मकैदको सजाय सुनाएको छ। जिल्ला अदालतले उनीहरुलाई जनही २५ वर्ष कैद र ५ लाख क्षतिपूर्ति तिराउने फैसला सुनाएको हो ।

    अदालतले मतियार ठहर भएका प्रतिवादीलाई भने १२ वर्ष कैदको फैसला सुनाएको छ। जिल्ला न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले शुक्रबार यस्तो सजाय निर्धारण गरेको हो। अवैध उत्खनन् विरुद्ध आवाज उठाउने क्रममा महतो क्रुरतापूर्वक हत्या गरिएको थियो ।

    जिल्ला अदालतले विपिनकुमार महतो र मुनिन्द्र महतोलाई मुलुकी अपराध संहिताको दफा १७७ को १ अनुसार अपराधमा दोषी ठहर गरेको थियो ।

    प्रतिवादीहरू रोशनकुमार यादव, शत्रुघन महतो, सत्यनारायण महतो र विनोदकुमार महतोले भने सफाइ पाएका थिए। फागुन ३ गते जिल्ला अदालतले फैसला सुनाउँदै सजाय निर्धारणका लागि शुक्रबारको पेसी तोकिएको थियो ।

    स्थानीय औरही खोला उत्खनन् रोक्न गएका दिलिपको २०७६ पुस २२ गते निर्ममतापूर्वक हत्या गरिएको थियो । क्रसर व्यवसायीले उनलाई चरम यातना दिएर कुटपिट गरी बेहोस बनाएपछि टिप्परले टाउको कुल्चिएर विभत्स हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

    हत्यामा संलग्नमाथि जन्मकैदको सजाय माग गर्दै सरकारी वकिलको कार्यालयले ७ जनाविरुद्ध जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेको थियो।

    दिलिपका बुवा रामजनम महतोले दिएको जाहेरीपछि प्रहरीले क्रसर उद्योगीदेखि टिप्पर चालकसम्म नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend