logo

२०८३ साउन १३ बुधबार

ओखलढुङ्गामा पहिरोले घर पुर्दा श्रीमान श्रीमती र छोरीको मृत्यु, छोरा बेपत्ता

ओखलढुङ्गामा पहिरोले घर पुर्दा श्रीमान श्रीमती र छोरीको मृत्यु, छोरा बेपत्ता


हाम्रो राष्ट्र
  • शुक्रबार, ८ असार २०८०
  • 1.1K
    SHARES

    ओखलढुंगा । ओखलढुङ्गामा अविरल वर्षासँगै पहिरोले घर पुरिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ । घटनामा परी एक जना बेपत्ता भएका छन् । गएराति चम्पादेवी गाउँपालिका–८ विलन्दुका ३६ वर्षीय रणबहादुर गुरुङको घर पहिरोले पुरिँदा गुरुङसँगै उनकी २९ वर्षीया श्रीमती शिवमाया र १८ महिनाकी छोरी कृतिकाको ज्यान गएको हो ।

    गुरुङका १० वर्षीय छोरा दिनेश पहिरामा परी बेपत्ता भएका छन् । बेपत्ताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । राति करिब ११ बजेको समयमा बस्तीमाथिबाट आएको पहिरोले गुरुङसँगै स्थानीय बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर पनि पहिराले पुरिएको छ ।

    ती दुई घरमा बस्दै आएकाले भने भागेर ज्यान जोगाएका बताइएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले अहिले बेपत्ताको खोजी गरिरहेका छन् । पहिराले धनमाल र पशु चौपायको क्षति भने यकिन हुन सकेको छैन ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend