logo

२०८३ साउन १३ बुधबार

रूसी सेनामा नेपाली युवा भर्तीको घटनाक्रमप्रति नेपाल सरकारको गहिरो ध्यान छः प्रधानमन्त्री

रूसी सेनामा नेपाली युवा भर्तीको घटनाक्रमप्रति नेपाल सरकारको गहिरो ध्यान छः प्रधानमन्त्री


हाम्रो राष्ट्र
  • शुक्रबार, ८ असार २०८०
  • 962
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तर्राष्ट्रिय स्तरमा भइरहेका घटनाबारे सरकारले चासोका साथ नियालिरहेको बताएका छन् ।

    शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसद अच्युतप्रसाद मैनालीले रूस युक्रेन युद्धमा रूसको पक्षबाट नेपाली युवाको संलग्नताको विषयमा सरकारको जवाफ मागेकोमा प्रधानमन्त्रीले रूसमा नेपाली युवाहरूको सैनिक भर्ती भएको घटनाक्रमलाई सरकारकाले नजिकबाट नियालिरहेको बताएका हुन् ।उनले भने, ‘अन्तर्राष्ट्रियस्तरका घटनाहरूप्रति नेपाल सरकारको गहिरो ध्यान गएको छ ।’

    त्यस्तैले सरकारले राष्ट्रिय गौरवको आयोजनामा बजेट सुनिश्चत गरेको बताएका छन् । उनले भने, ‘निजगढ विमानस्थल आगामी आर्थिक वर्षमा साइट क्लियरेन्स हुन्छ । रेल सञ्चालन गर्न जग्गा अधिग्रहण र मुआब्जा वितरणमा सरकारको प्राथमिकता छ ।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend