logo

२०८३ साउन १५ शुक्रबार

रासायनिक मलको व्यवस्था विगतभन्दा सुदृढ भएको छ : प्रधानमन्त्री

रासायनिक मलको व्यवस्था विगतभन्दा सुदृढ भएको छ : प्रधानमन्त्री


हाम्रो राष्ट्र
  • शुक्रबार, ८ असार २०८०
  • 1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसवर्षको धान रोपाईंका समयमा रासायनिक मल अभाव नहुने बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले ७१ हजार मेट्रिकटन रासायनिक मल विभिन्न डिपोमा मौज्दात रहेको र भारतको कोलकत्ताबाट ४५ हजार डिएपी मल यही महिनाभित्र नेपाल भित्रिने बताए ।

    उनले भने,’रासायनिक मलको व्यवस्था विगतभन्दा सुदृढ भएको छ। ०७९ साउनदेखि हालसम्म तीन लाख ५१ हजार मेट्रिक टन रासायनिक मल आयात भएको छ। कोलकत्ताबाट ४५ हजार डिएपी यो महिनाभित्र नेपाल भित्रिन्छ। धान रोप्ने सिजनमा विगतजस्तो मल अभाव हुने अवस्था यो वर्ष छैन ।’

    प्रधानमन्त्रीले रासायनिक मलको लागि १५ अर्ब विनियोजन भएपनि पछि थप २३ अर्बको स्रोत सुनिश्चित गरी मल आपूर्तिलाई सुद्धृढ गरिएको बताए।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend