logo

२०८३ साउन १३ बुधबार

अमेरिकाका तिब्र गतिका बलर फिलिप आईसीसीको प्रतिबन्धमा

अमेरिकाका तिब्र गतिका बलर फिलिप आईसीसीको प्रतिबन्धमा


हाम्रो राष्ट्र
  • शुक्रबार, ८ असार २०८०
  • 1K
    SHARES

    काठमाडौं । अमेरिकाका तिब्र गतिका बलर कायल फिलिप प्रतिबन्धमा परेका छन् । फिलिपले गैरकानुनी बलिङ एक्सन प्रयोग गरेको भन्दै अन्तर्राष्ट्रिय क्रिकेटमा बलिङ गर्नबाट प्रतिबन्ध गरिएको छ ।

    फिलिप जिम्बाब्वेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्रतियोगितामा संयुक्त राज्य अमेरिकाको टोलीमा थिए र वेस्ट इन्डिज विरुद्धको आफ्नो टोलीको पहिलो खेलमा तीन विकेट लिएर सुरुवात गरेका थिए । तर म्याच अधिकारीहरूले वेस्ट इन्डिजसँग पराजयपछि उनको एक्शनको रिपोर्ट गरे र आईसीसीको घटना प्यानलले पछि पुष्टि गर्यो कि २६ वर्षीयाले अवैध बलिङ एक्शनको प्रयोग गरेका थिए ।

    नियमहरूको धारा ६.६ अनुसार, फिलिपलाई अन्तर्राष्ट्रिय क्रिकेटमा बलिङ गर्नबाट तुरुन्तै निलम्बन गरिएको छ र निलम्बन जबसम्म उसले आफ्नो बलिङ एक्सनको पुनः मूल्याङ्कन गर्न पेश गर्दैन त्यतिबेलसम्म प्रतिबन्ध कायम रहनेछ ।

    बिहीबार हरारेमा भएको नेदरल्यान्ड्ससँग पाँच विकेटले पराजित भएको अमेरिकाले क्रिकेट विश्वकप छनोट प्रतियोगितामा आफ्नो पहिलो तीन खेलमा हार बेहोरेको छ भने सोमबार जिम्बाब्वेसँगको समूहको अन्तिम खेलअघि समूह ए को पुछारमा छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend