logo

२०८३ साउन १५ शुक्रबार

पूर्वमा आएको बाढीले एक सय ३२ मेगावाट क्षमताका १३ आयोजनामा क्षति

पूर्वमा आएको बाढीले एक सय ३२ मेगावाट क्षमताका १३ आयोजनामा क्षति


हाम्रो राष्ट्र
  • शुक्रबार, ८ असार २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्रको परीक्षामा अनियमितता गरेको तथा सरकारी कागजात सच्याएको अभियोगमा यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन कार्यालय प्रमुखसहितका कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    परीक्षमा अनुत्तीर्ण भएका परीक्षार्थीलाई प्रयोगात्मक परीक्षामा सामेल गराई उत्तीर्ण गराएको भन्ने उजुरीका आधारमा अनुसन्धान हुँदा अनियमतता भएको पाइएको छ । यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन प्रमुख लक्ष्मण शाहीले आफ्नो आधिकारिक ‘युजर आइडी’ प्रयोग गरी सवारी चालक अनुमतिपत्रको परीक्षामा बदमासी गरेको पाइएको छ ।

    उनले लिखित परीक्षामा एक सय ८० जना र प्रयोगात्मक परीक्षामा दुई सय ८३ परीक्षार्थीको परीक्षाको परिणाम फेरबदल गरेको पाइएको छ । आयोगले कार्यालय प्रमुख शाही, यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन सहायक कम्प्युटर अपरेटर नरेन्द्रकुमार कठरिया, कम्प्युटर अपरेटर पवनबहादुर रावल पनि गैरकानुनी काममा संलग्न रहेको पाइएको छ । आयोगले उनीहरूविरुद्ध भ्रष्टाचारको अभियोगमा शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend