logo

२०८३ साउन १५ शुक्रबार

गठबन्धन ठिक ढंगले नचले फेरिनसक्छः महामन्त्री थापा

गठबन्धन ठिक ढंगले नचले फेरिनसक्छः महामन्त्री थापा


हाम्रो राष्ट्र
  • शनिबार, ९ असार २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकार बन्ने र बदल्ने कुरा सामान्य भएको बताएका छन् । शनिबार पार्टीको काठमाडौं क्षेत्र नम्बर चारको क्षेत्रीय सम्मेलनलाई सम्बधोन गर्दै महामन्त्री थापाले गठबन्धन ठिक ढंगले नचले गठबन्धन फेरिने बताएका छन् ।

    उनले अब कांग्रेस एक्लै चुनाव लड्ने तयारीमा लाग्नुपर्ने बताए । उनले भने,‘सरकार छाड्नु परे छाडौं तर कांग्रेस अब गठबन्धन नगरी एक्लै चुनावमा जाने तयारीमा लाग्नुपर्छ । विगतमा निर्वाचन अघि गठबन्धन गरिनु गलत थियो ।’

    महामन्त्री थापाले समाजवादी मोर्चाले कांग्रेसलाई केही फरक नपर्ने बताए । उनले भने,‘मोर्चाले कांग्रेसलाई केही फरक पर्दैन । अझ मोर्चामा एमाले पनि जाओस् ।’ महामन्त्री थापाले समानुपातिक निर्वाचन प्रणाली हटाउनुपर्ने बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend