logo

२०८३ साउन १५ शुक्रबार

‘ड्रागन बोट रेस’को उपाधि सिचुवान ड्रागन बोट टिमलाई

‘ड्रागन बोट रेस’को उपाधि सिचुवान ड्रागन बोट टिमलाई


हाम्रो राष्ट्र
  • शनिबार, ९ असार २०८०
  • 1.2K
    SHARES

    गण्डकी । नेपाल–चीन मैत्रीपूर्ण ‘ड्रागन बोट रेस’को उपाधि चीनको सिचुवान ड्रागन बोट टिमले जितेको छ । पोखरामा शुक्रबारदेखि सुरु भएको प्रतियोगिताअन्तर्गत शनिबार भएको २ सय र ५ सय मिटर दुवैतर्फको फाइनल खेलमा सिचुवान टिमले जित हात पारेको हो ।

    यस्तै, नेपालको नारा ड्रागन बोट टिम’ले दोस्रो स्थान हात पारेको छ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दुतावास र पोखरा महानगरपालिकको आयोजना तथा पोखरा पर्यटन परिषद् र चाइना ओभरसीज एशोसिएसनको सहआयोजना एवं होटल एशोसिएशन नेपाल र नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्सिज (नारा) र राफ्टिङ एण्ड क्यानोइङ एशोसिएसनसँगको सहकार्यमा असार ७ र ८ गते पोखरामा नेपाल–चीन फ्रन्डसीप ड्रागन वोट महोत्सव (फेस्टिभल) २०२३ सम्पन्न भएको हो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend