logo

२०८३ साउन १३ बुधबार

विश्वकप छनोटः नेपाल समूह चरणबाटै बाहिरियो

विश्वकप छनोटः नेपाल समूह चरणबाटै बाहिरियो


हाम्रो राष्ट्र
  • शनिबार, ९ असार २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट अन्र्तगत नेपाल नेदरल्याण्डसँग ७ विकेटले पराजित भएको छ । नेपालले दिएको १६८ रनको लक्ष्य नेदरल्याण्डले २७ दशमलब १ ओभरमा ३ विकेटको क्षतीमा पुरा गर्यो ।

    उसका लागि म्याक्स ओडाउडले सर्वाधिक ९० रन बनाए । नेपालका सन्दीप लामिछानेले २ र गुल्शन झाले १ विकेट लिए । त्यसअघि जिम्बावेको ताकाशिंगा क्रिकेट स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङको निम्ता पाएको नेपाल ४३ दशमलब ३ ओभरमा १६७ रनमा अलआउट भयो । जसमा कप्तान रोहित पौडेलले ३३,सन्दीप लामिछानेले २७,कुशल भुर्तेलले २७,भीम सार्कीले २२ रनको योगदान गरे ।

    नेदरल्यान्ड्सका लोगन भान बीकले ४ तथा बास डि लिडे र बिक्रमजित सिंहले समान दुई विकेट लिए । आफ्नो समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको नेपालको सुपर सिक्समा पुग्ने सपना अधुरै रहेको छ ।

    समूह चरणका चार खेलमध्ये एक खेल मात्रै जितेको नेपाल समूहचरणबाटै बाहिरिएको छ । पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित नेपाल दोस्रो खेलमा भने अमेरिकालाई ६ विकेटले हराएको थियो । तेस्रो खेलमा वेस्टइन्डिजसँग १ सय १ रनको फराकिलो अन्तरले पराजित भएको थियो । चौथो खेलमा आज नेदरल्याण्डसंग ७ विकेटले पराजित भयो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend