logo

२०८३ साउन १४ बिहिबार

उद्योग परिसङ्घको अध्यक्षमा अग्रवाल निर्वाचित

उद्योग परिसङ्घको अध्यक्षमा अग्रवाल निर्वाचित


हाम्रो राष्ट्र
  • शनिबार, ९ असार २०८०
  • 1K
    SHARES

    काठमाडौं । नेपाल उद्योग परिसङ्घको अध्यक्षमा राजेशकुमार अग्रवाल चयन भएका छन् । परिसङ्घको २०औँ वार्षिक साधारणसभाले अग्रवाललाई अध्यक्षमा निर्वाचित गरेको हो । अग्रवाल विगत डेढ दशकदेखि परिसङ्घको राष्ट्रिय परिषद् सदस्य, उद्योग समिति सभापति, राजस्व समिति सभापति, रोजगारदाता परिषद् संयोजक हुँदै परिसङ्घको उपाध्यक्ष बनेका थिए ।

    काठमाडौँमा जन्मिएका अग्रवाल सन् १९९२ देखि उद्योग क्षेत्रमा हुन् । आरएमसी गु्रपका कार्यकारी निर्देशकसमेत रहेका अग्रवाल सिमेन्ट, स्टिल, खाद्यलगायतका क्षेत्रमा आबद्ध छन् । परिसङ्घका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवालले नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाललाई शपथग्रहण गराउँदै पदभार हस्तान्तरण गरे ।

    शनिबार सम्पन्न वार्षिक साधारणसभाबाट परिसङ्घको राष्ट्रिय परिषद् सदस्यमा सञ्जय गोल्छा, राजबहादुर शाह, विदुषी राणा, अजितविक्रम शाह, हेमराज ढकाल, आशिष अग्रवाल जजोडिया, मनिष खेम्का, द्विराज शर्मा (शिवाकोटी), धु्रवप्रसाद रिजाल, वर्षा श्रेष्ठ, हितेश गोल्छा, आशिष गर्ग, सपना सापकोटा, वीरेन्द्रराज पाण्डे निर्वाचित भए ।

    यसैगरी लक्ष्मीप्रसाद सुवेदी, गोकुल भण्डारी, सन्दीप शारदा, मोहित केडिया, अमित मोर, अमितकुमार बेगानी, चन्द्र टण्डन, रोहित गुप्ता, निर्वाण चौधरी, वरुणकुमार तोदी, राहुलकुमार अग्रवाल, शरदकुमार टिवडेवाला, विक्रम सिङ्घानीया, मिलनबाबु मल्ल, दीपक अग्रवाल, विशाल अग्रवाल, सौरभ दुगड, विकास दुगड, दिलीप अग्रवाल, गोपालकुमार अग्रवाल, आदित्य सङ्घाई निर्वाचित भए ।

    निर्वाचित राष्ट्रिय परिषद् सदस्यहरूबाट सर्वसम्मतरूपमा सात जना उपाध्यक्ष चयन भएका छन् । परिसङ्घको उपाध्यक्षमा निर्वाण चौधरी, वीरेन्द्रराज पाण्डे, राजबहादुर शाह, हेमराज ढकाल, रोहित गुप्ता, अमित मोर र भीम घिमिरे चयन भएका छन् । अमित मोर र भीम घिमिरे पहिलोपटक परिसङ्घको उपाध्यक्ष बनेका हुन् । यसैगरी परिसङ्घको स्थायी आमन्त्रित सदस्यमा सन्दीप शारडा, गोकुल भण्डारी र छायाँ शर्मा मनोनित भएका छन् ।

    परिसङ्घ अध्यक्षको पदभार ग्रहण गर्दै अध्यक्ष अग्रवालले परिसङ्घले विगतदेखि हासिल गर्दै आएका उपलब्धिलाई संस्थागत गर्दै थप नयाँ उचाइमा पुर्याउन सक्रियरूपमा लाग्ने बताए । उनले सरकारका छिटो–छिटो परिवर्तन हुने नीति नियम, चर्को ब्याजदर, समग्र मागमा आएको कमी, उत्पादनमा कमी, घट्दो मनोबल तथा नयाँ लगानीका योजनाहरू स्थगनलगायतका निजी क्षेत्रले भोगिरहेको समस्या समाधानका लागि प्रभावकारीरूपमा प्रस्तुत हुने बताए । उनले निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाललाई सफल कार्यकालका लागि बधाई ज्ञापन गरे ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend