logo

२०८३ साउन १३ बुधबार

जसपाको  विधान अधिवेशन सुरु

जसपाको  विधान अधिवेशन सुरु


हाम्रो राष्ट्र
  • आइतबार, १० असार २०८०
  • 1K
    SHARES

    sf7df8Ff}, !) c;f/M ljwfg clwj]zgsf] pb3f6g hgtf ;dfhjfbL kf6L{ -h;kf_ g]kfnsf] cfh g]kfn k|1f ejgdf ;'? ePsf] ljwfg clwj]zgsf] pb3f6g ub}{ kf6L{sf cWoIf pk]G› ofbj / ;ª3Lo kl/ifbsf cWoIf tyf lzIff, lj1fg tyf k|ljlwdGqL czf]ss'df/ /fO{ . tl:a/ M ljdnaxfb'/ lji6÷/f;;

     

    काठमाडौं । जनता समाजवादी पार्टी नेपालको विधान अधिवेशन आइतबारदेखि राजधानीमा सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा आइतबार पार्टी अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद अध्यक्ष अशोक राईले अधिवेशनको उद्घाटन गरेका छन् ।

    अधिवेशन तीन दिनसम्म सञ्चालन हुने पार्टीले जनाएको छ । पार्टीको शनिबार काठमाडौँमा सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको बैठकले अनुमोदन गरेको पार्टीको विधानको मस्यौदा यसै अधिवेशनमा पेस गरेर छलफल हुन लागेको जनाइएको छ ।

    यस अधिवेशनमा केन्द्रीय समितिका चार सय छ सदस्यका साथै प्रदेश समिति, राष्ट्रिय समिति, विषेश प्रदेश समिति, जिल्ला समिति, महानगर, भातृ सङ्गठन तथा केन्द्रीय समितिबाट मानोनित हुने १० जनासहित सात सय ६१ प्रतिनिधि सहभागी छन् ।

    सहभागी भएका प्रतिनिधिलाई विभिन्न १० समूहमा विभाजन गरेर विधानमाथि छलफल गरिनेछ भने छलफल सकिएपछि विधानमाथि नेताहरूले धारणा राख्ने गरी कार्यतालिका बनाइएको केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend