विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि तीन अर्ब २८ करोड ५० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
आइतबार महानगरको १२ औं नगरसभामा उपप्रमुख शिल्पा कार्कीले तीन अर्ब २८ करोड ५० लाख रुपैयाँको वार्षिक बजेट प्रस्तुत गरेकी हुन् ।
आगामी आर्थिक वर्षको अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये संघीय सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरण तर्फ १ अर्ब १९ करोड २४ लाख र प्रदेश सरकारतर्फ ४ करोड ५१ लाख ६३ हजार, बाँडफाँटबाट प्राप्त राजश्व तर्फ ८० करोड २४ लाख ३७ हजार, आन्तरिक आय तर्फ ९९ करोड ५० लाख, जनसहभागिता तर्फ १० करोड, आन्तरिक ऋण तर्फ १० करोड, अन्य संघसंस्था तर्फ ३ करोड र नगद मौज्दात बापत २ करोड आय हुने अनुमान गरेको छ ।
बजेट चालु वर्षको तुलनामा ४८ करोड २५ लाखले न्यून हो । महानगरले चालु वर्षका लागि ३ अर्ब ७३ करोड ७५ लाख अनुमानित बजेट घोषणा गर्दै संशोधन गरेर ४ अर्ब १७ करोड ९ लाख पुर्याएको थियो ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend