logo

२०८३ साउन १५ शुक्रबार

गोरखामा भिरबाट लडेर एकजनाको मृत्यु

गोरखामा भिरबाट लडेर एकजनाको मृत्यु


हाम्रो राष्ट्र
  • मंगलबार, १२ असार २०८०
  • 1.2K
    SHARES

    गोरखा । भिरबाट लडेर बारपाक सुलिकोट गाउँपालिका–७ पाँचखुवा देउरालीका ६० वर्षीय मीनबहादुर गुरुङको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले घरबाट आइतबार जङ्गलमा काठ लिन भनेर गएका गुरुङ नफर्किएपछि खोजी गर्ने क्रममा अमलेस्थित जङ्गलमा सोमबार मृतावस्थामा फेला परेको बताए ।

    “परिवारका सदस्यसहित स्थानीयवासी मिलेर खोजी गर्ने क्रममा वडा नं ७ स्थित अमलेको जङ्गलमा रहेको बिखुरे भिरमा गुरुङको शव भेटिएको हो”, प्रनाउ लामिछानेले भने, “घटनाको प्रकृति हेर्दा भिरबाट लडेर ज्यान गएको देखिन्छ ।”

    मृतकको शव उद्धारका लागि इलाका प्रहरी कार्यालय आरुघाटबाट प्रहरीको टोली घटनास्थल पुगेको थियो । गुरुङ काठ लिएर फर्कने क्रममा भिरबाट लडेर मृत्यु भएको अनुमान प्रहरीले गरेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको प्रनाउ लामिछाने बताए ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend