logo

२०८३ साउन १३ बुधबार

शिव शिखर सहकारीका पूर्वअध्यक्ष पक्राउ, १४ अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप

शिव शिखर सहकारीका पूर्वअध्यक्ष पक्राउ, १४ अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप


हाम्रो राष्ट्र
  • मंगलबार, १२ असार २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष  केदारनाथ शर्मा पक्राउ परेका छन् । १४ अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)को टोलीले उनलाई भारतबाट पक्राउ गरेको हो । रकम फिर्ता नपाएपछि बचतकर्ताहरूले सीआईबी र सहकारी विभागमा शर्माविरुद्ध उजुरी दिएका थिए ।

    उनलाई सोमबार राति नै नेपाल ल्याइएको बताइएको छ । २०७७ सालमा शिव शिखर कृषि सहकारी र शिखर दीप बहुउद्देश्यीय सहकारी गाभेर शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था बनाइएको हो । सर्वसाधारणले जम्मा गरेका १४ अर्बभन्दा बढी रुपैयाँ हिनामिना भएको पीडितहरुले बताएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend