logo

२०८३ असोज ७ बुधबार

नेपालद्वारा पाकिस्तान एक शून्य गोलले पराजित

नेपालद्वारा पाकिस्तान एक शून्य गोलले पराजित


हाम्रो राष्ट्र
  • मंगलबार, १२ असार २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । साफ च्याम्पियनशिप फुटबलमा नेपालले पाकिस्तानलाई पराजित गरेको छ। मंगलबार भारतको बेङ्गलोरमा भएको खेलमा नेपालले पाकिस्तानलाई एक शून्य गोलले हराएको हो । नेपालका आशिष चौधरीले ८० औँ मिनेटमा गोल गरे । यसअघिका दुवै खेल हारेको नेपाल समूह चरणबाटै बाहिरिइसकेको छ ।

    पाकिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ । साविक उपविजेता नेपाल पहिलो खेलमा कुवेतसँग र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो । समूह ’ए’ बाट कुवेत शीर्ष र भारत दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगिसकेका छन् । आज हुने कुवेत र भारतबीचको खेलपछि समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend