logo

२०८३ साउन १३ बुधबार

भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङ पक्राउ

भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङ पक्राउ


हाम्रो राष्ट्र
  • मंगलबार, १२ असार २०८०
  • 1.3K
    SHARES

    काठमाडौँ । प्रहरीले ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले गुरुङलाई मंगलबार पक्राउ गरेको हो । ललिता निवासको जग्गा लिन सरकारी कागजात किर्ते गरेको कसुरमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङलाई पक्राउ गरेको सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले जानकारी दिइन् । पक्राउ परेका गुरुङ प्रहरीको फरार सूचीमा थिए । गुरुङले मिलेमतोमा ललितानिवासको सरकारी जग्गा सबैभन्दा बढी खरिद गरेको पाइएको छ ।

    ललितानिवास प्रकरणमा मुछिएका गुरुङसँग २०७७ सालमा विशेष अदालतले दुई करोड रुपैयाँ धरौटी मागेको थियो । तर, गुरुङ मुद्दा दायर भएको एक वर्षपछि अदालतमा हाजिर भएका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend