logo

२०८३ साउन १३ बुधबार

ललिता निवास प्रकरणमा पक्राउ परेका तीन जना रिहा, हिरासत बाहिरै राखेर अनुसन्धान गरिने

ललिता निवास प्रकरणमा पक्राउ परेका तीन जना रिहा, हिरासत बाहिरै राखेर अनुसन्धान गरिने


हाम्रो राष्ट्र
  • मंगलबार, १२ असार २०८०
  • 1.4K
    SHARES

    काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा मंगलबार पक्राउ परेका तीन जनालाई प्रहरीले रिहा गरेको छ । पूर्वसहसचिव कलाधर देउजा, पूर्वउपसचिव हुपेन्द्रमणि केसी र सुरेन्द्र कपालीलाई पक्राउ गरिएको केही घन्टामै कागज गरेर छाडिएको हो ।

    गत साउन १९ गते सर्वोच्च अदालतले उनीहरू तीनै जनालाई पक्राउ नगरी हिरासत बाहिरै राखेर अनुसन्धान गर्न अन्तरिम आदेश दिएको थियो । सर्वोच्चको अन्तरिम आदेशको उक्त प्रमाण पेस गरेपछि आरोपित तीन जनालाई प्रहरीले कागज गराएर रिहा गरेको हो । उनीहरूलाई हिरासतबाहिरै राखेर अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

    जग्गा प्रकरणमा प्रहरीले मंगलबार सात जनालाई पक्राउ गरेको थियो । जसमध्ये निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका संचालक मिनबहादुर गुरुङ, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र गोपाल कार्की भने प्रहरी हिरासतमा छन् ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend