logo

२०८३ साउन १३ बुधबार

नक्कली भुटानी शरणार्थी प्रकरणमा ‘हाइप्रोफाइल’ व्यक्तिहरू कारबाहीमा परेपछि जनतामा विश्वास जाग्न सुरू भएको छः प्रधानमन्त्री

नक्कली भुटानी शरणार्थी प्रकरणमा ‘हाइप्रोफाइल’ व्यक्तिहरू कारबाहीमा परेपछि जनतामा विश्वास जाग्न सुरू भएको छः प्रधानमन्त्री


हाम्रो राष्ट्र
  • बुधबार, १३ असार २०८०
  • 1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी र ललिता निवास प्रकरणपछि सरकार विकृतिको डंगुर सफा गर्ने अभियानमा लागेको बताएका छन् ।

    बुधबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले बजेटमाथि राखेको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्रीले ललिता निवासको जग्गा खान खोज्ने पक्राउ पर्न थालेको बताउँदै अनुसन्धान यत्तिमै नरोकिने बताएका हुन् ।

    उनले भने,’यो शुद्धिकरण यत्तिमै रोकिने छैन । निरन्तर अगाडि बढ्ने छ । प्रधानमन्त्री निवास निल्न खोज्ने पक्राउ पर्न थालेका छन् । मिटरब्याजी ठगलाई कारबाही सुरु भएको छ । यो लडाइँमा सदन र जनताको समर्थनको आवश्यकता महसुस गरेको छु ।’

    उनले नक्कली भुटानी प्रकरणमा ठूलो कारबाहीपछि जनतामा विश्वास जाग्न सुरु भएको बताए । उनले भने, ‘हाइप्रोफाइल व्यक्तिहरू कानुनभन्दा माथि छन् भन्ने आममनोविज्ञान बनिरहेको थियो। त्यसले जनतामा ठूलो आक्रोश जन्माइरहेको थियो। त्यो असन्तोषले लोकतन्त्रप्रति नै नकारात्मक धारणा बनिरहेको थियो। र नक्कली भुटानी शरणार्थी प्रकरणमा इतिहासकै ठूलो अनुसन्धान र कारबाहीपछि जनतामा विश्वास जाग्न सुरू भएको छ।’

    उनले आफ्नो नेतृत्वमा सरकार बनेपछि अर्थतन्त्र जागेको बताएका छन् । आफू प्रधामनन्त्री बन्दै गर्दा श्रृलंकाजस्तो स्थिति आएको टिप्पणी भइरहेकोमा अहिले अर्थतन्त्र जागेको उनले बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend