logo

२०८३ साउन १३ बुधबार

बाढी प्रभावित क्षेत्रमा खाद्यान्न र औषधि अभाव भयोः सचिव भट्टराई

बाढी प्रभावित क्षेत्रमा खाद्यान्न र औषधि अभाव भयोः सचिव भट्टराई


हाम्रो राष्ट्र
  • बुधबार, १३ असार २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले मनसुनजन्य प्रकोपबाट प्रभावितहरूलाई राहत दिन माग गरेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा सचिव भट्टराईले पूर्वी पहाडमा आएको बाढी पहिरोका कारण ३४ जनाको मृत्यु भएको तथा प्रभावित क्षेत्रमा खाद्यान्न र औषधिको अभाव भएको बताए ।

    उनले ३२ जेठदेखि आएको अविरल वर्षाले ताप्लेजुङमा ६, पाँचथरमा ६ र संखुवासभामा २४ गरी ३४ जनाको मृत्यु भएको बताए । ताप्लेजुङ जोड्ने तीनवटा राजमार्ग अहिले पनि अवरुद्ध रहेको उनले बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend