logo

२०८३ साउन १४ बिहिबार

यसवर्ष रासायनिक मलको हाहाकार हुँदैनः प्रधानमन्त्री

यसवर्ष रासायनिक मलको हाहाकार हुँदैनः प्रधानमन्त्री


हाम्रो राष्ट्र
  • बुधबार, १३ असार २०८०
  • 1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले किसानका लागि रासायनिक मलको हाहाकार हुन नदिने बताएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले यसवर्ष रासायनिक मलको हाहाकार हुन नदिने बताएका हुन्।

    उनले भने,‘मलको हाहाकार हरेक वर्ष समाचारका स्थायी शीर्षक बन्दै आए । तर परिस्थिति उही रह्यो । मैले विश्वासको मत लिँदै गर्दा सम्मानित संसदमा प्रतिबद्धता जनाएको थिएँ, अब मलको हाहाकार हुन दिइने छैन ।’

    उनले साढे ७८ हजार मेट्रिक टन रासायनिक मलको आपूर्ति सुनिश्चत भएको बताए । प्रधानमन्त्रीले आगामी आर्थिक वर्षका लागि पनि समयमै रासायनिक मल व्यवस्थापन गर्न ३० अर्ब रकम विनियोजन गरिएको जानकारी दिए । उनले भने, ‘देशमै मल कारखाना खोल्न लगानी बोर्डले अध्ययन सुरु गरिसकेको छ भने भर्खरैको भारत भ्रमणका क्रममा पनि मैले यो विषय उठाएको छु ।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend