logo

२०८३ साउन १३ बुधबार

विश्वासको मत माग्दै विपक्षी दललाई कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको पत्र

विश्वासको मत माग्दै विपक्षी दललाई कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको पत्र


हाम्रो राष्ट्र
  • बिहिबार, १४ असार २०८०
  • 1.2K
    SHARES

    विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपक्षी दलहरूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । नेकपा एमाले संसदीय दलको नेताको हैसियतमा कार्कीले विपक्षमा रहेका दलहरूलाई लिखित आग्रह गर्दै विश्वासको मत मागेका हुन् ।

    एमालेको बुधबार बसेको संसदीय दलको बैठकको निर्णय अनुसार प्रदेश संरचनाको स्थायित्वका लागि आफू नेतृत्वको सरकारलाई विश्वासको मत दिन आग्रह गरेका हुन् । उनले पत्रमा प्रदेश संरचनाको स्थायित्व, सुशासन र नागरिकका अपेक्षाहरू पूरा गर्न विश्वासको मत दिन आग्रह गरिएको छ ।

    पटक–पटक सरकार परिवर्तन भइरहने घटनाले आम नागरिकमा सङ्घीय प्रणालीप्रति नै निराशा उत्पन्न हुनसक्ने पत्रमा उल्लेख छ । पत्रमा उनले पाँच वर्षसम्म सरकार सञ्चालन कसरी र कुन विधिबाट गर्ने भन्ने विषयमा थप छलफल गर्न तयार रहेको उल्लेख गरेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend