logo

२०८३ साउन १३ बुधबार

आफूलाई विश्वासको मत दिन कोसीका मुख्यमन्त्री कार्कीको आग्रह

आफूलाई विश्वासको मत दिन कोसीका मुख्यमन्त्री कार्कीको आग्रह


हाम्रो राष्ट्र
  • बिहिबार, १४ असार २०८०
  • 936
    SHARES

    विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मिलेर सरकार बनाउन सबै दललाई आग्रह गरेका छन् । बिहीबार प्रदेशसभाको तेश्रो अधिवेशनको पहिलो बैठकमा विश्वासको आफूलाई मत माग्दै कार्कीले सर्वदलीय सरकार गठनको आह्वान गरेका हुन्।

    कार्कीले संविधानको धारा ११८ को उपधारा २ बमोजिम विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका थिए । उनले सरकार परिवर्तन गर्ने खेलले प्रदेशप्रति जनतामा वितृष्णा र अविश्वास पैदा हुनेतर्फ सचेत हुनु पर्ने बताए।

    प्रदेशको विकासका लागि सबै एक भएर अघि बढ्नु पर्ने उनको भनाइ छ । कार्कीले कोसी प्रदेशमा सर्वदलीय सरकारको विकल्प नभएको बताए कार्कीले प्रदेश नामकरणबारे प्रधानमन्त्री र संघीय मन्त्रीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाए ।

    उनले संविधानअनुसार नामकरण गरिएको विषयमा प्रधानमन्त्री र मन्त्रीले गलत भयो भनेर अभिव्यक्ति दिएर प्रदेशको अधिकारमा बलमिच्याइँ गरेको आरोप लगाए । आफूले अर्को सरकार बन्ने अवस्था नदेखेको र कसैले पनि कोसी प्रदेशमा मध्यावधि निर्वाचन नचाहेको कार्कीको भनाइ छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend