logo

२०८३ साउन १३ बुधबार

मलेसियालाई पराजित गर्दै नेपाल एसीसी यु-१६ इस्टर्न जोन कपको सेमिफाइनलमा

मलेसियालाई पराजित गर्दै नेपाल एसीसी यु-१६ इस्टर्न जोन कपको सेमिफाइनलमा


हाम्रो राष्ट्र
  • शुक्रबार, १५ असार २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । एसीसी १६ वर्षमुनिको इस्टर्न जोन कपमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । समूह चरणको शुक्रबार भएको अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई ८४ रनले हरायो । जितका लागि १ सय ८४ रनको लक्ष्य पछ्याएको मलेसिया ३३ ओभर ५ बलमा ९९ रनमा समेटियो ।

    मलेसियाका मोहम्मद हैरिलले सर्वाधिक २५ रन बनाए । मोहम्मद आलिफ १५ रनमा आउट भए । अन्य कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपालका अशोक धामीले ४ विकेट लिए ।

    अभिषेक तिवारीले ३, सन्तोष यादवले २ र कृतिक कामतले एक विकेट लिए । त्यअसघि बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपाल ३३ ओभर ४ बलमा १ सय ८३ रनमा अलआउट भएको थियो ।

    नेपालका अशोक धामीले सर्वाधिक ५२ रन बनाए । त्यस्तै, नरेन भट्ट र सूर्यांशु कोइरालाले समान २९ रन जोडे । मलेसियाका हजिक हैकवाल, मोहम्मद अक्रम, मोहम्मद मुकरी र एरिन अकिलले समान दुई विकेट लिए।

    नेपालले पहिलो खेलमा थाइल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले हराएको थियो । थाइल्यान्डलाई हराएको नेपाल र मलेसिया सेमिफाइनलमा पुगिसकेका छन् । सेमिफाइनलका खेल भोलि हुनेछन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend