logo

२०८३ साउन १४ बिहिबार

कोशी प्रदेशमा ढल्यो एमाले नेतृत्वको सरकार, पक्षमा ४६ र विपक्षमा ४३ मत

कोशी प्रदेशमा ढल्यो एमाले नेतृत्वको सरकार, पक्षमा ४६ र विपक्षमा ४३ मत


हाम्रो राष्ट्र
  • शुक्रबार, १५ असार २०८०
  • 1K
    SHARES

    विराटनगर । कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार ढलेको छ । शुक्रबार प्रदेशसभा बैठकले विश्वासको मत लिन मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रस्ताव अस्वीकृत गरेसँगै सरकार ढलेको हो ।

    शुक्रबारको बैठकमा ८९ प्रदेश सभा सदस्य उपस्थित भएकामा कार्कीको पक्षमा ४६ मत परेको थियो भने विपक्षमा ४३ मत परेको थियो । कार्कीलाई एमालेका ४० र राप्रपाका ६ प्रदेशसभा सदस्यले मत दिएका थिए । अब कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend