logo

२०८३ साउन १४ बिहिबार

निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर, १३ महिना कैद सजाय

निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर, १३ महिना कैद सजाय


हाम्रो राष्ट्र
  • शुक्रबार, १५ असार २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । विशेष अदालतले नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्कालाई एक वर्ष तीन महिना कैद सजाय तथा ९ करोड १९ लाख ६ हजार ६३४ रुपैयाँ जरिवाना र सोही बराबर बिगो तोकिएको छ ।

    गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा दोषी ठहर गर्दै विशेष अदालतले उनलाई शुक्रबार सजाय सुनाएको हो । विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र खुसीप्रसाद थारूको इजलासले उनको घरजग्गादेखि बैंक मौज्दातसम्म जफत हुने फैसला गरेको हो ।

    खड्काको नाममा रहेको घरजग्गा, बैंक मौज्दात, सेयरलगायतका सम्पत्ति जफत हुने भएका छन् । अख्तियारले २३ पुस ०७५ मा खड्काविरुद्ध मुद्दा चलाएको थियो। जसमाथि करिब पाँच वर्षपछि फैसला आएको हो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend