logo

२०८३ साउन १३ बुधबार

पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ

पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ


हाम्रो राष्ट्र
  • शुक्रबार, १५ असार २०८०
  • 1K
    SHARES

    काठमाडौं । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन् । प्रहरीले रौनियारलाई शुक्रबार पक्राउ गरेको हो । रौनियारविरुद्ध बाँके प्रहरीमा ठगीसम्बन्धी उजुरी परेको थियो ।

    बाँके प्रहरीको आग्रहमा उनलाई काठमाडौंमा प्रक्राउ गरिएको हो । पूर्वसांसदसमेत रहेका रौनियारको निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सन पुलको ठेक्का लिएर काम नसक्ने कम्पनीका रुपमा परिचित छ । सो कम्पनीलाई सरकारले कालोसूचीमा समेत राखेको छ । रौनियारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दासमेत दायर गरेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend