logo

२०८३ साउन १३ बुधबार

कुवेत साफ च्याम्पियनसिपको फाइनलमा

कुवेत साफ च्याम्पियनसिपको फाइनलमा


हाम्रो राष्ट्र
  • शनिबार, १६ असार २०८०
  • 923
    SHARES

    काठमाडौं । कुवेत साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । शनिबार भएको खेलमा बंगलादेशलाई पराजित गर्दै कुवेतले फाइनलमा स्थान बनाएको हो ।

    भारतको बैंग्लोरको श्री कान्तिराभा रंगशालामा भएको खेलमा कुवेतका अब्दुल्ला अम्मर मोहम्मदले विजयी गोल गरेका थिए । खेलको निर्धारित समयमा गोल हुने नसकेपछि खेल अतिरिक्त समयमा गएको थियो ।

    अब्दुल्लाले अतिरिक्त समयको पहिलो हाफको थपिएको समयमा गोल गरेका हुन् ।त्यसपछि खेलमा थप गोल हुन नसक्दा कुवेत फाइनलमा स्थान बनाएको हो । कुवेतले उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेतासँग खेल्ने छ । दोस्रो सेमिफाइनलमा आज भारत र लेबनन खेल्दैछन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend