logo

२०८३ साउन १३ बुधबार

श्री एयरलाइन्सका सबै उडान स्थगित

श्री एयरलाइन्सका सबै उडान स्थगित


हाम्रो राष्ट्र
  • आइतबार, १७ असार २०८०
  • 988
    SHARES

    काठमाडौं । श्री एयरलाइन्सले आजका लागि निर्धारित सबै उडान स्थगित गरेको छ । उडान स्थगित गरी आइतबार कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय भएको एयरलाइन्सले जनाएको छ ।

    एयरलाइन्सका कर्पाेरेट प्रबन्धक अनिल मानन्धरले प्रेस नोट जारी गर्दै आइतबारका सबै उडान स्थगित गरिएको जानकारी दिएका छन् । शनिबार धनगढीका लागि उडेको श्री एयरको जहाज प्राविधिक समस्या आएपछि पुनः काठमाडौं नै फर्काइएको थियो ।

    सोही घटनापछि एयरलाइन्सले सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय गरेको छ । सोमबारबाट भने सम्पूर्ण उडानहरू सञ्चालन गरिने एयरलाइन्सले जनाइएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend