logo

२०८३ साउन १४ बिहिबार

विगतका कमजोरी समीक्षा गर्दै पुनः नेकपातिरै फर्किनुपर्छः प्रधानमन्त्री

विगतका कमजोरी समीक्षा गर्दै पुनः नेकपातिरै फर्किनुपर्छः प्रधानमन्त्री


हाम्रो राष्ट्र
  • आइतबार, १७ असार २०८०
  • 871
    SHARES

    भक्तपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगतका कमजोरीको समीक्षा गर्दै पुनः नेकपा तिरै फर्कनुपर्ने बताएका छन् । आइतबार कम्युनिस्ट संस्थापक नेता नारायण विलास जोशीको ३४ औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेसँग एकता गरेर बनाएको नेकपा नटिक्नु दुर्भाग्य भए पनि पुनः एकताको अभियानमा लाग्नुपर्ने बताएका हुन् ।

    उनले विगतमा नेकपा बन्दा प्रतिगामीहरू डराएको भए पनि आफ्नै कारणले एकता टिक्न नसकेको बताए । उनले भने,’ कम्युनिष्ट एकता भयो पनि देशको सबैभन्दा ठूलो शक्ति झण्डै दुईतिहाइ प्राप्त पनि भयो जनता ठूलो उभार र उत्साह देखापर्यो प्रतिक्रियावादीहरुमा एउटा आंतक जस्तो भयो । तर दुर्भाग्य हामीले त्यो एकतालाई बचाउन सकेनौं ।’

    उनले एक पटक असफल भए पनि त्यसबाट शिक्षा लिएर फेरि अगाडि बढ्ने उद्देश्य राख्नुपर्ने पनि बताए । उनले राजनीतिमा कमजोरी भयो भनेर सबैले सोच्नुपर्ने बताए ।

    उनले एक पटक असफल भए पनि फेरि एकता गर्ने उद्देश्यले अघि बढ्नुको विकल्प नभएको बताए । उनले भने,’अहिले हामी माधव नेपाल र विप्लवसहित मोर्चा बनाएर अघि बढ्ने जमर्को गरेका छौ ।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend