logo

२०८३ साउन १३ बुधबार

नेपालद्वारा मलेसियालाई २५३ रनको लक्ष्य

नेपालद्वारा मलेसियालाई २५३ रनको लक्ष्य


हाम्रो राष्ट्र
  • मंगलबार, १९ असार २०८०
  • 1K
    SHARES

    काठमाडौं । एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा नेपालले मलेसियालाई २५३ रनको लक्ष्य दिएको छ । मंगलबार मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेटको क्षतिमा २५२ रन बनायो । जसमा नरेनले ८९ बलको सामना गर्दै ११२ रनमा अविजित रहे ।

    यस्तै निरज कुमार यादवले ४७ रनको योगदान गरे । मलेसियाका लागि मोहम्मद अक्राले ३ विकेट लिए । नेपाल मलेसियालाई हराउँदै लगातार तेस्रो पटक उपाधि जित्न चाहन्छ । मलेसिया भने घरेलु मैदान र समर्थकको साथमा नेपाललाई हराउने दाउमा छ । नेपालले सेमिफाइनल खेलमा सिंगापुरलाई ९७ रन र मलेसियाले हङकङलाई ७८ रनले पराजित गर्दै फाइनलमा पुगेको हो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend