logo

२०८३ साउन १५ शुक्रबार

संसदीय समितिका सभापति तत्काल चयन गर्न प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेतालाई सभामुखको आग्रह

संसदीय समितिका सभापति तत्काल चयन गर्न प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेतालाई सभामुखको आग्रह


हाम्रो राष्ट्र
  • मंगलबार, १९ असार २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्षनेतासँग छलफल गरेका छन् । मंगलबार सिंहदरवारस्थित सभामुखको कार्यकक्षमास सभामुख घिमिरेले पुष्पकमल दाहाल, प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग संसदीय समितिका सभापति चयन र संसदलाई प्रभावकारी बनाउने विषयमा छलफल गरेका हुन् ।

    बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ पनि सहभागी थिए । गत वैशाख १५ गते प्रतिनिधिसभाका १० विषयगत समिति गठन भएको थियो । समिति गठन भएको दुई सातापछि गत जेठ २ गते एकसाथ ती समितिको बैठक सुरु भएको थियो ।

    तर सभापति चयन हुन नसक्दा समितिले विधेयकमाथि छलफल गर्न सकेका छैनन् । प्रमुख दलका प्रमुख सचेतक, कार्यव्यवस्था परामर्श समितिको बैठक तथा अनौपचारिक छलफलमा पटक–पटक सभापति चयन गर्न समयसीमा नै तोक्दा पनि दलले प्रयत्न नगरेपछि सभामुख घिमिरेले शीर्षनेताहरूसँग छलफल गरेका हुन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend