logo

२०८३ साउन १३ बुधबार

मलेसियालाई हराउँदै नेपालले जित्यो एसीसी यु-१६ इस्ट जोन कप क्रिकेटको उपाधि

मलेसियालाई हराउँदै नेपालले जित्यो एसीसी यु-१६ इस्ट जोन कप क्रिकेटको उपाधि


हाम्रो राष्ट्र
  • मंगलबार, १९ असार २०८०
  • 975
    SHARES

    KUALA LUMPUR,MALAYSIA - JULY 04: Images from the ACC Men's U16 East Zone Cup 2023 final match between Nepal and Malaysia at the YSD UKM Oval in Malaysia on the 04th July 2023. Photo by Peter Lim / PhotoDesk.com.my for Asian Cricket Council

    काठमाडौं । नेपालले एसीसी यु-१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ । मंगलबार भएको फाइनलमा घरेलु टोली मलेसियालाई २२१ रनले हराउँदै नेपालले उपाधि जितेको हो । योसँगै नेपालले यु- १६ इस्ट जोन कपको उपाधि जितेको हो ।

    २ सय ५३ रनको लक्ष्य पछ्याएको मलेसिया १४ ओभर ५ बल ३१ रनमा अलआउट भयो । मलेसियाका मोहम्मद अक्रमले १० रन बनाउनु बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

    नेपालका अभिषेक तिवारीले ५ विकेट लिए । त्यस्तै सन्तोष यादवले ३ र सागर गैरेले १ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाउँदै २ सय ५२ रन बनाएको थियो । नेपालका नरेन भट्टले ८९ बलमा अविजित १ सय १२ रन बनाए । उनी यो प्रतियोगितामा शतक हान्ने पहिलो नेपाली खेलाडी समेत बनेका छन् ।

    त्यस्तै, निरज यादवले ४७ रन जोडे । मलेसियाका मोहम्मद अक्रमले ३ विकेट लिए । समूह चरणमा नेपाल थाइल्यान्डलाई २ सय २५ र मलेसियालाई ८४ रनले हराउँदै सेमिफाइनलमा पुगेको थियो । सेमिफाइनलमा नेपालले सिङ्गापुरलाई ९७ रनले हराउँदै फाइनल खेलेको हो । यसअघि नेपालले सन् २०१७ र २०१९ मा १६ वर्षमुनिको उपाधि जितेको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend