logo

२०८३ साउन १३ बुधबार

१२ अंकले बढ्यो नेप्से

१२ अंकले बढ्यो नेप्से


हाम्रो राष्ट्र
  • मंगलबार, १९ असार २०८०
  • 1.1K
    SHARES

    काठमाडौंं । दुई दिन लगातार घटेको शेयर बजार नेप्से मंगलबार भने बढेको छ । मंग्लबार नेप्से १२ दशमलव ७३ अङ्कले बढेर दुई हजार ८८ दशमलव ७० विन्दुमा पुगेको छ । सबै समूहको शेयर सामान्य बढेको छ । बजार सामान्य बढे पनि कारोबार रकममा भने निकै कमी आएको छ । आज दुई सय ८२ वटा कम्पनीका ६४ लाख ५० हजार कित्ता शेयर किनबेच भए ।

    सोमबार चार अर्ब पाँच करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज दुई अर्ब ५७ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भयो । आज सबैभन्दा धेरै नागरिक लगानी कोषको १२ करोड १७ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    सबैभन्दा धेरै सिटी होटलको शेयर १० प्रतिशत तथा मानुषी लघुवित्त र सिङ्गटी हाइड्रोको शेयर पाँच प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै बीपीडब्ल्यू लघुवित्तको शेयर १० प्रतिशतले घटेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend