logo

२०८३ साउन १३ बुधबार

कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा थप सुधार

कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा थप सुधार


हाम्रो राष्ट्र
  • शनिबार, १३ फाल्गुन २०७९
  • 1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद डा चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ । काठमाडौँको बुद्धनगरस्थित आफ्नै घरमा १० दिन पहिले ग्यास चुहिएर विष्फोट हुँदा घाइते भएका डा भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको हो ।

    भारतको नेशनल वर्न सेन्टर मुम्बईमा उपचार गराइरहेका नेता डा भण्डारीको शरीरको तापक्रम, धडकन गति, श्वासप्रश्वासको दर, रक्तचाप सबै सामान्य अवस्थामा रहेको भण्डारीका आफन्त मीनप्रसाद भण्डारीले जानकारी दिए ।

    भण्डारीको आज ड्रेसिङ गरिने भएको छ । शुक्रबारबाट ठोस खाना खान सुरु गरेका डा भण्डारीले राम्रोसँग बोल्ने र खाना खाने गरेको मीनप्रसादले बताए । उनलाई अहिले भेटघाट बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

    गत फागुन ३ गते राति आफ्नो निवासमा ग्यास सिलिन्डर चुहिएर सांसद भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएकी थिइन् । घटनालगत्तै दुवै जनाको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो ।

    आमा हरिकलाको भने उपचारका क्रममा फागुन ४ गते बिहान निधन भएको थियो भने सांसद भण्डारीलाई थप उपचारका लागि सोही दिन भारत लगिएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend