logo

२०८३ साउन १४ बिहिबार

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमालेद्वारा राष्ट्रियसभाको बैठक अवरुद्ध

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमालेद्वारा राष्ट्रियसभाको बैठक अवरुद्ध


हाम्रो राष्ट्र
  • बुधबार, २० असार २०८०
  • 1.4K
    SHARES

    काठमाडौं  प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरुले अवरोध गरेपछि राष्ट्रियसभाको आजको बैठक स्थगित भएको छ ।  ‘आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंहले दिल्ली धाएको’ भन्ने अभिव्यक्तिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जवाफको माग गर्दै एमाले सांसदले बैठक अवरुद्ध गरेपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ३ बजेर एक मिनेटमा पुनः बस्ने गरी बैठक स्थगित गरेका हुन् ।
    बैठकको सुरुमै एमाले सांसद देवेन्द्र दाहालले प्रधानमन्त्रीले सरदार प्रितम सिंहबारे दिनुभएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सो सम्बन्धमा स्पष्ट पार्न माग गरे ।
    सो अभिव्यक्तिबारे सदनलाई जानकारी नगराएसम्म बैठक सञ्चालन हुने नसक्ने उल्लेख गर्दै उनले भने, “प्रधानमन्त्रीले भनेजस्तै हो भने, भारतको इसारामा बन्ने प्रधानमन्त्री हामीलाई स्वीकार्य छैन, प्रधानमन्त्रीले जवाफ नदिएसम्म यो बैठक अवरुद्ध गर्छौं ।”

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend