logo

२०८३ साउन १४ बिहिबार

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमालेद्वारा संसदमा अवरोध

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमालेद्वारा संसदमा अवरोध


हाम्रो राष्ट्र
  • बुधबार, २० असार २०८०
  • 975
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री चयनका सन्दर्भमा दिएको भनिएको अभिव्यक्तिका विषयमा आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित विपक्षी दलले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक स्थगन भएको छ ।

    बैठकको सुरुमै विपक्षी सांसद्हरु आफ्नो स्थानबाट उठेपछि सभामुख देवराज घिमिरेले सांसद् रघुजी पन्तलाई समय दिएका थिए। सांसद पन्तले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिका विषयमा सदनको ध्यानकर्षण गराउँदै राजीनामा माग गरे । प्रधानमन्त्रीको उक्त अभिव्यक्तिसम्बन्धी विषय स्पष्ट नभएसम्म सदनको कारबाही अघि बढ्न नसक्ने उनले बताए।

    त्यसपछि सभामुख घिमिरेले बैठक अघि बढाउन सत्तापक्षका सांसदलाई समय दिएपछि विपक्षी सांसद् उठेर ‘वेल’ घेराउ गर्न थालेपछि बैठक आधा घण्टाका लागि स्थगन भएको छ । यस विषयमा राष्ट्रियसभाको बैठक पनि स्थगन भएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend