logo

२०८३ साउन १३ बुधबार

प्राधिकरणका महानिर्देशकलाई तीनदिने स्पष्टीकरण

प्राधिकरणका महानिर्देशकलाई तीनदिने स्पष्टीकरण


हाम्रो राष्ट्र
  • बिहिबार, २१ असार २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले नागरिक उड्डयन प्राधिकारणका महानिर्देशक प्रदीप अधिकारीलाई दोस्रो पटक स्पष्टीकरण सोधेको छ ।

    मन्त्रालयले असार ११ गते पहिलोपटक एकसाताको समय दिएर स्पष्टीकरण सोधेको थियो । महानिर्देशक अधिकारीले स्पष्टीकरणको जवाफ नदिएपछि दोस्रोपटक तीन दिने स्पष्टीकरण सोधिएको हो ।

    मन्त्रालयले आफूलाई स्पष्टीकरण सोध्न नमिल्ने भन्दै अधिकारी अटेर गरिरहेका छन् । जवाफ नदिनुको कारण स्पष्ट रूपमा उल्लेख गरेर तीन दिनभित्र जवाफ पेस गर्न मन्त्रालयले निर्देशन दिएको छ । निर्धारित समयमा जवाफ नदिए कानुनबमोजिम अघि बढ्ने मन्त्रालयको तयारी छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend