काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा विद्यार्थी भर्नाका लागि १५ दिनको समय राख्न आग्रह गरेको छ । महानगरको शिक्षा विभागले सूचना प्रकाशित गरी भर्ना लिँदा कम्तीमा एसईई नतिजा प्रकाशित भएको १५ दिनको समय राख्न आग्रह गरेको हो ।
समय कम हुँदा काठमाडौं आएर आवेदन दिने अवसरबाट वञ्चित भएको दुर्गम क्षेत्रका विद्यार्थीको गुनासो आएकोले फरकफरक भर्ना तलिका तय नगरी एसईई नतिजा निस्केको मितिबाट १५ दिनसम्म आवेदन दिनसक्ने गरी व्यवस्था गर्न महानगरका सबै शिक्षण संस्थाहरूलाई आग्रह गरेको हो ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend