logo

२०८३ साउन १४ बिहिबार

जसपाकी सांसद सहनाज रहमानको निधन

जसपाकी सांसद सहनाज रहमानको निधन


हाम्रो राष्ट्र
  • शनिबार, १३ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) की सांसद सहनाज रहमानको निधन भएको छ। हृदयघातका कारण उनको शनिबार निधन भएको हो ।

    झापा घर भएकी सांसद रहमानको निधन भएको संसदीय दलका नेता रामसहायप्रसाद यादवले जानकारी दिए । घ्याम्पेडाँडाको एक कार्यक्रममा सहभागी हुन गएकी उनी कार्यक्रमस्थलमै हृदयघात भएर ढलेकी थिइन् ।

    त्यसपछि उनलाई मध्यपुर थिमी अस्पताल लगिएको थियो । केन्द्रीय सदस्य रहमानलाई जसपाले समानुपातिक सांसद बनाएको थियो।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend